नियम ३४
रुग्ण उद्योगले पाउने सुविधा, सहुलियत तथा छुट
(१) नेपाल सरकारले रुग्ण उच्चोगको पुनरुत्थान, पुनर्निर्माण तथा व्यवस्थापनका लागि ऐनको दफा ४१ मा उल्लिखित सुविधा, सहुलियत वा छुटका अतिरिक्त देहाय बमोजिमका सुविधा, सहुलियत तथा छुट उपलब्ध गराउन वा सोको लागि आवश्यक व्यवस्था मिलाउन सक्नेछ :-
(क) साविकको कर्जालाई सहुलियत कर्जा (सफ्ट लोन) मा रुपान्तरण गर्न सम्बन्धित बैङ्क तथा वित्तीय संस्थालाई सिफारिस गर्ने,
(ख) साविकको कर्जाको ब्याज :तथा हर्जाना छुट दिन सम्बन्धित बैङ्क तथा वित्तीय संस्थालाई सिफारिस गर्ने,
(ग) उद्योग सञ्चालनका लागि बैङ्क तथा वित्तीय संस्थाबाट सहुलियत ब्याजदरमा थप कर्जा उपलब्ध गराउन सम्बन्धित बैङ्क तथा वित्तीय संस्थालाई सिफारिस गर्ने,
(घ) क्रण तिर्न.नसकी कालो सूचीमा परेका उच्चोगलाई क्रण तिर्ने अवधि थपिदिन सम्बन्धित बैङ्क तथा वित्तीय संस्थालाई सिफारिस गर्ने।
(२) उपनियम (१) बमोजिम उद्योगलाई छुट, सुविधा वा सहुलियत उपलब्ध गराउँदा रुग्ण उद्योगको वर्गीकरणका आधारमा छुट, सुविधा वा सहुलियतको मात्रामा फरक फरक हुने गरी त्यस्तो छुट, सुविधा वा सहुलियत उपलव्ध गराउन वा सोको लागि सम्बन्धित वित्तीय संस्थाको नियामक निकायलाई सिफारिस गर्न सक्नेछ।